काठमाडौं, साउन २८
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३८ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका १३२ सहित देशभर ४८४ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनासहित देशभर ४८४ लाई कोरोना पुष्टि भएको छ । हाल देशभर ७ हजार ६१३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्