काठमाडौं, साउन ३०
सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जानुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि जानुभएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।
टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने उहाँले बताउनुभयो । आज बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको थियो । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको छैन ।
गत साउन १९ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।
फोटो : सभामुखको सचिवालय
प्रतिक्रिया दिनुहोस्