काठमाडौं, भदौं १ । सरकार र नेपाली सेनाबीच फाटो ल्याउने उदेश्यका साथ नियोजित रुपमा भइरहेको प्रोपोगाण्डाप्रति रक्षा मन्त्रालयले कडा आपत्ति जनाएको छ । केही समययता नियमित रुपमा सरकार सेनाबीच फाटो ल्याउन प्रायोजित समाचार प्रकाशन हुन थालेपछि रक्षा मन्त्रालयले बिज्ञप्ती नै जारी गरी कडा प्रतिवाद गरेको हो ।
रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्ण प्रसाद ज्ञवालीले बिज्ञप्तीमार्फत रक्षा मन्त्री¸रक्षा मन्त्रालय र नेपाली सेनाबीचको सम्बन्धलाई लिएर विगत केही दिन यता विभिन्न सञ्चार माध्यमहरूमा सुनियोजित तवरले प्रकाशित मनगढन्ते र तथ्यहीन समाचारप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्र्द आपत्ति जनाउनु भएको हो ।
‘बैठकको दौरान नेपाली सेनाका प्रधान सेनापतिले आफ्नो मन्तव्यको क्रममा राख्नुभएका विषय र माननीय उपप्रधानमन्त्रीले निर्देशनको क्रममा व्यक्त गर्नुभएको विचारलाई विरोधाभाषी बनाई उहाँहरूको आशय विपरीत कपोलकल्पित¸भ्रामक र मनगढन्ते तरिकाले समाचार प्रकाशन तथा प्रसारण भएकोमा मन्त्रालय गम्भीर आपत्ति व्यक्त गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ, ‘रक्षा मन्त्रालय र नेपाली सेनाबीच कुनै पनि विषयमा कुनै प्रकारको विवाद तथा मतभेद नरहेको र नेपाली सेनाको अनुरोधलाई नेपाल सरकार¸रक्षा मन्त्रालयले सदैव प्राथमिकतामा राखी कार्य फर्स्यौट गर्ने व्यवस्था अङ्गीकार गर्दै आएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ ।’
यस्तो छ रक्षा मन्त्रालयको आपत्ति
माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री¸रक्षा मन्त्रालय र नेपाली सेनाबीचको सम्बन्धलाई लिएर विगत केही दिन यता विभिन्न सञ्चार माध्यमहरूमा सुनियोजित तवरले प्रकाशित मनगढन्ते र तथ्यहीन समाचारप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकार¸ रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाली सेना राज्यको अत्यन्त अनुशासित¸ बफादार¸भरपर्दो¸ व्यावसायिक र सुदृढ सुरक्षा संयन्त्र हो । नेपाली सेनाले नेपाल सरकारबाट भएका सबैनिर्देशन र निर्णयहरूको चुस्त र प्रभावकारी कार्यान्वयन गर्दै आएको छ । रक्षा मन्त्रालयले नेपाली सेनाबाट स्वीकृतिका लागि माग भै आएका विषयमा प्रचलित कानून बमोजिम मन्त्रालयको अधिकार क्षेत्रभित्रको विषयमा तथा मन्त्रालयबाट निर्णय हुनसक्ने विषयमा समयमै निर्णय गरी पठाउने गरेको र नेपाल सरकार¸मन्त्रिपरिषद्बामट निर्णय हुनुपर्ने विषयमा तदनुसार मन्त्रिपरिषद्माद पेश गरी निर्णय भै आएअनुसार नेपाली सेनामा कार्यान्वयनका लागि मन्त्रालयबाट लेखी पठाउने गरिएको छ । अतः नेपाली सेनाबाट स्वीकृतिका लागि अनुरोध भै आएको विषयमा मन्त्रालयबाट समयमै निर्णय नभएको वा असहयोग भएको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारिन्छ ।
कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरुरक्षा मन्त्रालयले नेपाली सेना मार्फत चीनसरकारबाट G to G Basis मा खरिद गरी ल्याउने भन्ने सम्बन्धमा नेपाल सरकार¸ मन्त्रिपरिषद्बारट मिति २०७६।१२।१६ मा निर्णय भएअनुसारनेपाली सेनाले यस मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय¸अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समेत समन्वय गरी Zero Commission Basis मा नेपाल सरकारको खरिद सम्बन्धी प्रचलित कानून बमोजिम पारदर्शी प्रक्रिया अवलम्बन गरी चीन सरकारले तोकेको सरकारी निकायबाट खरिद गरेको हो । स्वास्थ्य सामग्रीहरू हवाई मार्गबाट यथाशीघ्र ढुवानी गरी नेपाल ल्याउन यस मन्त्रालयबाट संस्कृति¸ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल वायुसेवा निगमसँग प्रभावकारी तवरमा समन्वय गरिएको व्यहोरा समेत स्पष्ट पारिन्छ । यसमा नेपाल वायु सेवा निगममार्फत सामान ढुवानी गर्दा मन्त्रालयले ढिलो गर्न लगाएको भन्ने आरोप पूर्णतः निराधार र कपोलकल्पित रहेको छ ।
मिति २०७७।०४।१६ गते रक्षा मन्त्रालयको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र नेपाली सेनाका प्रधान सेनापतिबीच आरोप-प्रत्यारोप भएको भनी कतिपय सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नभएको र सो दिनको बैठक अत्यन्त सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको व्यहोरा स्पष्ट पारिन्छ । बैठकमा काठमाण्डौं-तराईरमधेश द्रुतमार्गको गत आर्थिक वर्ष २०७६/७७ को प्रगति लक्ष अनुसार हुननसक्नुमा कार्यान्वयनका क्रममा झेल्नुपरेका कतिपय विषयहरू जस्तै खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरण¸अन्तर्राष्ट्रिय परामर्शदाताको छनौट प्रक्रियामा रहेका जटिलताहरू¸कोभिड-१९ को कारण निर्माणस्थलमा निर्माण सामग्री एवं श्रमिकहरूको उपलब्धतामा आएको कमी आदिको बारेमा छलफल भएको कुरालाई तोडमरोड गरी कतिपय सञ्चार माध्यमबाट भ्रामक समाचार सम्प्रेषण भएकोमा मन्त्रालय खेद व्यक्त गर्दछ । नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाण्डौं(तराईरमधेश द्रुतमार्गलाई निर्धारित समयमै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध छ र यसमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय र सहजीकरणमा कुनै कमी कमजोरी नरहेको व्यहोरा स्पष्ट पारिन्छ । कतिपय जटिलताहरूका बाबजुद नेपाली सेनाले द्रुतमार्ग निर्माणको क्रममा हालसम्म सम्पादन गरेका कार्यहरू प्रभावकारी रहेका छन्।
समीक्षा बैठकको दौरान नेपाली सेनाका प्रधान सेनापतिले आफ्नो मन्तव्यको क्रममा राख्नुभएका विषय र माननीय उपप्रधानमन्त्रीले निर्देशनको क्रममा व्यक्त गर्नुभएको विचारलाई विरोधाभाषी बनाई उहाँहरूको आशय विपरीत कपोलकल्पित¸भ्रामक र मनगढन्ते तरिकाले समाचार प्रकाशन तथा प्रसारण भएकोमा मन्त्रालय गम्भीर आपत्ति व्यक्त गर्दछ । रक्षा मन्त्रालय र नेपाली सेनाबीच कुनै पनि विषयमा कुनै प्रकारको विवाद तथा मतभेद नरहेको र नेपाली सेनाको अनुरोधलाई नेपाल सरकार¸रक्षा मन्त्रालयले सदैव प्राथमिकतामा राखी कार्य फर्स्यौट गर्ने व्यवस्था अङ्गीकार गर्दै आएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ । माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र नेपाली सेनाका प्रधान सेनापतिबीच नियमित भेटघाट चलिरहेको र आवश्यकतानुसार नीतिगत विषयमा छलफल परामर्श भइरहेको स्पष्ट पारिन्छ ।
अन्त्यमा¸रक्षा मन्त्रालय रनेपाली सेनाजस्तो राज्यको संवेदनशील जिम्मेवारी निर्वाह गरिरहेको संगठनका विषयमा तथ्यहीन र मनगढन्ते समाचार प्रकाशन गर्दा सरकार र नेपाली सेनाबीच रहेको अत्यन्त सौहार्द्रपूर्ण सम्बन्धलाई अनावश्यक विवादमा ल्याउने तथा यसबाट नेपाली सेनाको मनोबलमा समेत ह्रास ल्याउनसक्ने हुँदा यसतर्फ संवेदनशील रहन समेत सम्बन्धित सबै पक्षलाई मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
कृष्ण प्रसाद ज्ञवाली
सहसचिव एवं प्रवक्ता
प्रतिक्रिया दिनुहोस्