नवगठित एमाले अध्यक्षको घोषणा
काठमाडौं, भदौ ४ । निर्वाचन आयोगमा नयाँ दलको रुपमा दर्ता भएको नेकपा एमालेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको तात्कालिन नेकपा माओवादी केन्द्रकै कार्यकर्ता रहेको खुलासा भएको छ । नवगठित एमालेकी अध्यक्ष सन्ध्या तिवारीले नै यस्तो खुलासा गर्नुभएको हो ।
एमाले र मओवादीबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि एमालेको दल दर्तालाई लिएर सत्तारुढ दल नेकपाभित्र ठुलै चर्चा भएको थियो । दल दर्ताको निवेदन परेपछि अध्यक्ष स्वयं प्रचण्डले नै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पहलकदमीमा भएको आरोप लगाउनु भएको थियो । उहाँले आरोप लगाए पनि एमाले दर्ता गर्नेहरु आफैले आफूहरु पूर्वमाओवादी कार्यकर्ता भएको खुलासा गरेका छन ।
निर्वाचन आयोगमा नेकपा एमाले दर्ताकालागि निवेदन दिनुभएकी सन्ध्या तिवारीले तात्कालिन एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई भारतीय कठपुतली सरकार भन्दै माओवादीले सञ्चालन गरेको आन्दोलनमा सहभागी भएकाहरु नै नवगठित एमालेमा रहेको बताउनु भएको छ ।
‘पदाधिकारीहरुका पूराना फोटो संकलन गर्ने खेति चलिरहेको देखियो, हामी समाजसेवा, खेलकुद र विभिन्न पेशामा आबद्ध युवा हौं । केपी ओली, महेश बस्नेतसँगका फोटा हेरेर धारणा नबनाउनु होला । प्रचण्ड कमरेडसँगै माधव नेपालको कठपुतली सरकार ढाल्ने जनआन्दोलनमा सहभागी पनि हौं हामी,’ तिवारीले भन्नुभएको छ । त्यसो त सन्ध्याले ट्वीटरमा अहिलेसम्म प्रचण्डलाई मात्र उकल फलो गर्नुभएको छ ।
माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली सरकार भन्दै आन्दोलन गर्ने योद्धा भएको घोषणा र प्रचण्डलाई मात्र ट्वीटरमा फलो गर्नु नै एमाले दर्ताका लागि पूर्वमाओवादी कित्ताबाट रहेको र केही खेलाडीहरुलाई समेटेको देखिएको छ । यद्यपी यो समुहले अहिलेसम्म आफ्नो तस्विरसहितको पहिचान सार्वजनिक गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्