धरान, भदौ ६
कोरोना संक्रमणबाट धरानमा आज एक जना पुरुषको मृत्यु भएको छ । धरान उपहानगरपालिका–१५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
उनी उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित साउन २७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यसअघि धरान तीनकुनेस्थित प्रिती भल्व उद्योगमा कार्यरत संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकामध्ये मृतक पनि एक हुन् ।
कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मृतक पुरुषमा पनि कोरोना पुष्टि भएको मेहताले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्