काठमाडौं, भदौ ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित तीन नेताले गम्भीर धोका दिएको भन्दै जवाफ दिने निश्कर्ष सुनाउनु भएको छ । महासचिव बिष्णु पौडेल नेतृत्वको कार्यदलमा रहेका दुई सदस्य र अध्यष प्रचण्डले धोका दिएको निष्कर्ष नेता नेपालले सुनाउनु भएको हो ।
नेपाल निकट एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार कार्यदलको प्रतिवेदन पढेपछि नेता नेपालले आफ्नो तर्फबाट कार्यदलमा राखिएका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेले आफ्नो इच्छा भन्दा बिपरित प्रतिवेदनमा सहमति जनाएर गम्भीर धोका दिएको निश्कर्ष सुनाउनु भएको हो । यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध संयुक्त मोर्चा बनाएर जाने पूर्वसहमति तोडेर ओलीलाई नै झन बलियो बनाउने गरी कार्यदलमार्फत प्रतिवेदन लेखाएको भन्दै ‘गम्भीर धोकेवाज’ को उपमा भिराउनु भएको हो ।
‘केपीलाई सवक सिकाउनै पर्ने थियो, प्रचण्डसँग केपीलाई सवक सिकाउनकै लागि हामी मिलेका थियौं तर प्रचण्डले हामीलाई प्रयोग गरेर आफ्नो अधिकार लिने तर ओलीलाई नै बलियो बनाउने काम गर्नुभयो, यस्तो धोकेवाज होलान भन्ने त कल्पनै गरिएन,’ कार्यदलको प्रतिवेदन पढेपछि नेता नेपालको निश्कर्ष सुनाउँदै स्थायी कमिटीका अर्का नेताले जनताटाइम्ससँग भने । नेता नेपाल एमालेको नवौं महाधिवेशनमा ओलीसँग पराजित भएको बदला हाल अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट हटाएर लिन चाहनुहुन्थ्यो । यही योजनाका साथ ओली फेनै प्रचण्डसँग समीकरण गर्नुभएको थियो । समीकरणपछि पार्टी एकताको भावनाबिपरित जहाँ बहुमत, त्यहीबाट निर्णय लिने अभियान थाल्नुभएका नेता नेपाल कार्यदलले समेत दुई अध्यक्षको अधिकार बाँडफाँटसहित सरकार र पार्टी दुवै दुई अध्यक्षको सहमति र निर्णयअनुसार अघि बढने निश्कर्ष दिएपछि मर्माहत बन्नुभएको हो ।
नेता नेपालले अध्यक्ष प्रचण्डले आफूहरुलाई खाल्डो खन्न लगाएर आफूहरुलाई नै खसाली दिएर अघि बढेको कठोर निश्कर्षसमेत निकाल्नुभएको छ । ‘हामीलाई नै प्रयोग गरेर हामीमाथि नै प्रहार गर्ने काम प्रचण्डबाट भयो, यो धोकाो बदला समय आएपछि लिइन्छ,’ प्रचण्डप्रति कठोर निर्णय सनाउँदै आफू निकट नेतासँग नेपालको भनाई थियो । नेकपामा बरिष्ठ नेता नेपालले अर्का बरिष्ठ नेता झलनाथ खनाललाई समेत साथ लिएर अध्यक्ष ओलीबिरुद्ध मोर्चावन्दी गर्दै अध्यक्ष प्रचण्डलाई आफ्नो निर्णयमा हिडन बाध्य बनाउनु भएको थियो । खुमलटार स्रोतले भने नेता नेपालको डिजाइन र भारतको डिजाइन एउटै भएपछि केही महिनाको संगतमै प्रचण्डले नेपालको साथ नलाग्ने निर्णय लिई एकता गर्दाको सहमतिमै पुग्नुभएको बताएको छ ।
‘भारत जसरी पनि ओली हटाउने अभियानमा लाग्ने, यताका साथीहरुको अभियान पनि जसरी पनि ओलीलाइै नै हटाउनै पर्ने, अरु कुरा मान्दै नमान्ने भएपछि कित्ता क्लियर गर्नुपर्ने भयो, प्रचण्डले भारतको भरिया बनेको सन्देश जनतामा जाने निश्कर्षसहित एकता गर्दा जे सहमति भएको हो, त्यसैको आधारमा पार्टीलाई बलियो बनाउने बाटो रोज्नुभएको हो, धोका दिएको हैन,’ प्रचण्ड निकट स्थायी कमिटीका एक सदस्यले भने । यस्तै कार्यदलमा रहेका चार नेता महासचिव पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसालले ल्याएको कुरामा सहमति जनाएर भीम रावल र सुरेन्द्र पाण्डेले पनि आफ्नो स्वार्थ मात्रै हेरेर आफूहरुलाई धोका दिएको निश्कर्ष नेता नेपालले सुनाउनु भएको हो ।
स्रोतका अनुसार नेता नेपाल कार्यदलमार्फत अध्यक्ष ओलीले एक पद छाडनै पर्ने, दुई अध्यक्षको सहमति अमान्य हुने र कम्तीमा तीन ओटा प्रदेशको मुख्यमन्त्री फेर्नुपर्ने सुझाव ल्याउन चाहनुहुन्थ्यो । त्यसैअनुसार पहल गरे पनि यस बिषयलाई कार्यदलले आवश्यकता र औचित्यका आधारमा अनुसार संघीय मन्त्रिपरिषद र प्रदेश सरकार पुनर्गठन भन्दै बिट मारिदिएको छ । आफूले भनेअनुसार मात्र नभई उल्टो कार्यदलको प्रतिवेदन आएको भन्दै नेता नेपाल अध्यक्ष प्रचण्ड, रावल र पाण्डेसँग आक्रोशित बन्नुभएको हो । नेपाल निकट नेताका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नु पर्ने विषय एकसाथ उठाए पनि प्रचण्डले अन्तिममा गम्भीर धोका दिएको नेता नेपालको ठहर छ ।
स्रोतका अनुसार, नेता नेपाल ओलीले दुवै पद नछाड्ने गरी कार्यदलले दिएको सुझावसँग पनि गम्भीर असन्तुष्ट हुनुहुन्छ । नेपालले कार्यदल गठनलगत्तै सरकार सञ्चालनका लागि आफ्नै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्नुभएको यो प्रस्तावको बिषयमा कार्यदलको प्रतिवेदनमा केही उल्लेख छैन । संयन्त्र निर्माणको विषयलाई छलफलको विषय नै नबनाइ अध्यक्षद्वयको अधिकार बढाउने गरी प्रतिवेदन बुझाइएर कार्यदल ओली–प्रचण्डको लाचार छाया बनेको नेपालको आरोप छ । यस बिषयमा नेता नेपालले आफूनिकटका नेतासँग छलफल गर्नुभए पनि सार्वजनिक रुपमा केही टिप्पणी गर्नुभएको छैन । कार्यदलको प्रतिवेदनमाथिको असन्तुष्टिलाई नेता नेपालले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, बेदुराम भुसाल, केन्द्रीय सदस्य बिष्णु रिजालमार्फत केन्द्रीय सदस्यसम्मका आफ्ना असन्तुष्टि भने पुर्याइसक्नुभएको छ । एक नेताका अनुसार नेता नेपालले ‘कार्यदलको प्रतिवेदनले आफूहरुमाथि गम्भीर प्रहार गरेको बताउनु भएको छ ।
कार्यदलको प्रतिवेदनले नेकपाभित्र देखिएको बिवाद केही होइन, जवर्जस्त झिकएको हो, अध्यक्ष ओलीको बिरोध गर्नेहरु पदलोलुप र एजेण्डाबिहीन हुन भन्ने पो देखायो, यो प्रतिवेदनअनुसार त नेकपामा बिवाद छँदैछैन भन्ने भयो,’ नेपालको भनाई उधृत गर्दै ती नेताले जनाताटाइम्ससँग भने, ‘हामी बिधि र पद्धतीका लागि लडेको हौं भन्ने कुरा त कँही कतै देखिएन, पदकै लागि हो भन्ने देखायो, यस्तो धोका आफ्नैबाट भयो ।’
‘कार्यदलको प्रतिवेदनले नेकपाभित्र देखिएको बिवाद केही होइन, जवर्जस्त झिकएको हो, अध्यक्ष ओलीको बिरोध गर्नेहरु पदलोलुप र एजेण्डाबिहीन हुन भन्ने पो देखायो, यो प्रतिवेदनअनुसार त नेकपामा बिवाद छँदैछैन भन्ने भयो,’ नेपालको भनाई उधृत गर्दै ती नेताले जनाताटाइम्ससँग भने, ‘हामी बिधि र पद्धतीका लागि लडेको हौं भन्ने कुरा त कँही कतै देखिएन, पदकै लागि हो भन्ने देखायो, यस्तो धोका आफ्नैबाट भयो ।’ ती नेताका अनुसार कार्यदलको प्रतिवेदनपछि थाउागाउँमा आयोजना गरिएको आफू निकट पत्रकारहरुको भेला पार्टी बिभाजन गर्नकै लागि आयोजना गरिएको भन्ने सन्देश गएको नेपालको बुझाइ छ ।
‘ओलीलाई बाँध्न केही भएन, हामी नै पो गुटवाज, पार्टी बिभाजनकारी जस्तो देखियो,’ नेपालको भनाई थियो । नेकपाभित्र नेपालले असन्तुष्टि जनाए पनि कार्यदलको प्रतिवेदनलाई अधिकांश नेतादेखि कार्यकर्तासम्मले सही भनेका छन । यसैबीच अध्यक्ष ओली र प्रचण्डले कार्यदलको प्रतिवेदनबारे छलफल गर्दै आगामी शनिवार सचिवालय बैठक बोलाउनु भएको छ । सो बैठकले कार्यदलको सुझावअनुसार प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठकमा लैजाने छ । स्थायी कमिटीले सचिवालयको प्रस्ताव अनुमोदन गर्दै कोरोना कहर कम भए असोज तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने छ भने सोही बैठकले महाधिवेशनको कार्ययोजनासहित अघि बढदै नेकपाभित्र लामो समयदेखि ओलीबिरुद्ध घेरावन्दी गरी सरकार र पार्टी एकताकै काममा भइररहेको अवरोधलाई पन्छाउने छ ।
प्रतिक्रिया दिनुहोस्