काठमाडौं, भदौ ११
पछिल्लो २४ घण्टामा देशभर थप ११११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ६ लाख ४७ हजार हजार ८८१ जनाको पीसिआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ११११ जनामा संक्रमण देखिएको बताउनुभयो । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै उच्च हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
आज संक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५६९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार ७३ १९ हजार ५०४ सय पुगेको छ । यो ५६ प्रतिशत हो । होम आइसोलेसनमा ६ हजार २१० र संस्थागत ९ हजार ६३ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ९ हजार ४८८ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्