काठमाडौं, भदौं ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालका सचिवालयले बिवाद समाधान कार्यदलको प्रतिवेदनप्रति असन्तुष्ट भन्ने समाचार गलत रहेको प्रष्ट पारेको छ ।
नेपालका स्वकीय सचिव मोहन गौतमले आज बिज्ञप्तीमार्फत यस्तो प्रष्टिकरण दिनुभएको हो । बरिष्ठ नेता नेपालले आफूनिकट नेतासँग कार्यदलको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाउनु भएको बिषय बाहिर आउँदा नेता कार्यकर्ता नै बिपक्षमा उभिएपछि सचिवालयले प्रष्टिकरण दिएको हो ।
यस्तो छ गौतमको प्रष्टिकरण
नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन । अझ दुखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहॉहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको छ । बिगत लामो समयदेखि पार्टीमा बिधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई (अल्पमत, बहुमत वा सर्वसम्मत जे हुॅदा पनि ) उठाउॅदै आउनुभएका उहॉले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट (उहॉहरूकै माग बमोजिम) अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु ।













प्रतिक्रिया दिनुहोस्