काठमाडौं, भदौ १२ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार बर्षे कार्यकाल पूरा हुनै लाग्दा यथार्थ छोप्न गरिएका लाखौं षडयन्त्रहरु चिर्दै तथ्य खोल्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशन र योजनाका आधारमा नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भइयो । घिसिङले प्रधानमन्त्री ओली र मन्त्री पुनकै योजनाका कारण विद्युतभार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको तथ्य पनि उजागर गर्नुभयो ।
‘विद्युतभार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन,’ घिसिङले बिज्ञप्ति जारी गरेर तथ्य राख्नुभयो । पहिलो पटक प्रधानमन्त्री भएपछि उर्जा मन्त्रालयका तात्कालिन सचिव सुमन शर्मालगायत अन्य पदाधिकारीलाई बोलाएर सोध्नुभयो, ‘नेपालमा लोडसेडिङ अन्त्य गर्न के गर्नु पर्छ सुझाउनुस।’ सचिव शर्माले जवाफ दिनुभयो, ‘हजुर लोडसेडिङ अन्त्य गर्न त अब कम्तिमा १० बर्ष लाग्छ ।’ सचिव शर्माको यस्तो जवाफ सुनेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसो भए त्यो बिध्युत प्राधिकरण आजै बिघटन गर्नुस र तपाईं पनि राजिनामा दिएर बिदा हुनुस।’
प्रधानमन्त्री ओलीको यस्तो खप्की खाएपछि सचिव शर्मा तिलमिलाएर फर्किनुभयो । र देशसँग भएको बिध्युत उत्पादन तथा मागको खाका बनाउन वाध्य हुनुभयो अपुग बिध्युत भारतबाट खरिद गर्न के गर्नुपर्छ भन्दा ट्रान्समिसन लाइन नभएको कुरा आयो । त्यसलाई तत्काल निर्माण गर्न सबै ब्यबस्थापन गर्ने निर्णय भयो। यही स्पष्ट खाकाका आधारमा प्रधानमन्त्री ओलीले त्यसैबेला घोषणा गर्नु भयो, एक बर्षभित्रमा आधारभुत रुपमा लोडसेडिङ अन्त्य गर्ने र २ बर्षमा पूर्ण रुपमा अत्य गर्ने। यो लहड र सस्तो लोकप्रियताको आधारमा हैन, सुस्पष्ट योजनाका साथ भनिएको थियो। यसै योजना मुताविक भारतबाट वार्षिक २२ अर्बको बिध्युत खरिद भएको छ । जस्ले नेपाल लोडसेडिङमुक्त बन्यो ।
सुन्नोस प्रधानमन्त्री ओलीको यो भिडियो
https://www.facebook.com/naresh.rokaya.75/videos/3402003566522429/
प्रधानमन्त्री ओलीले १ वर्ष भित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा हावामा उडाइयो तर उहाँको दृढ अठोटसामू सवैनतमस्तक बने । प्रधानमन्त्री ओलीले १ वर्ष भने पनि ११ महिना मै आधारभूत रूपमा लोडसेडिङ अन्त्य भयो । कुलमान घिसिङ हाइहाइ बन्नुभयो । प्रधानमन्त्री ओली र उर्जामन्त्री बर्षमान पुनको मार्गनिर्देशनमा बिद्युतभार कम गर्न सफल भएको उहाँको सार्वजनिक घोषणा यसैको प्रमाण हो । संबिधानसभाबाट संबिधान जारी भएलगत्तै पहिलो पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीले गर्नुभएको पहिलो भारत भ्रमणमा मुज्जफरपुर-ढल्केबर ४०० केभिए प्रसारण लाइन र नेपाललाई लोडसडिङमुक्त गर्ने गरी बिध्युत खरिद गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट संयुक्त उद्घाटन गर्नु भएको थियो। नेपाल अध्याँरो युगबाट उज्यालो युगमा प्रवेश गर्ने बाटो त्यही दिन फुकुवा भएको थियो।
https://www.facebook.com/Guru.bht/videos/3381348295255572/
आफ्नो देशमा उत्पादन गर्न छोडेर भारतबाट बिजुली किन्ने काम गरेर प्रधानमन्त्री ओलीले के चै गतिलो काम गरे भनेर उडाउनेहरुलाई अहिले लोडसेडिङमुक्त नेपाल बन्दा पनि तथ्य पचाउन सकिरहेका छैनन । नेपालको बिकाश र समृद्धि देख्दा डाह लाग्ने गरेको कारण यो भएको सत्य बुझन कही जान नपर्ने बिश्लेषकहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्