काठमाडौं, भदौ १६
वीर अस्पतालमा कार्यरत ७१ जना कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि दुई दिनका लागि अस्पताको बहिरंग सेवा (ओपीडी) बन्द गरिएको छ ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार मंगलवारसम्ममा कुल ७१ जना कर्मचारी संक्रमित भएको पुष्टी गर्नुभयो । एकै पटक धेरै कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित भएका कारण बुधबारदेखि लागू हुने गरी दुई दिनका लागि बहिरंग विभागको सेवा बन्द गरिएको बताउनु भयो । बहिरंग सेवा बन्द भए पनि अस्पतालको इर्मेजेन्सी, फिभर क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष भने खुला हुनेछ।
अस्पतालको फार्मेसीमा मात्र २० जना कर्मचारीलाई संक्रमण देखिएको छ । मंगलबारसम्म दुई नर्स र एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्