जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार ११:१९

प्रधानमन्त्री ओली र बंगलादसी समकक्षी हसिनाबीच रेलदेखि मलसम्म भयो यस्तो गहन संवाद


काठमाडौं, भदौ १७

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मंगलबार साँझ कुराकानी भएको छ । करिव ५ बजेतिर उहाहरुबीच २० मिनेट लामो टेलिफोन सम्वाद भएको हो ।

विशेषगरी नेपालमा ठेकेदारले युरिया मल नपाएपछि किसान छटपट्टीमा परिरहेको देखेर सरकारले भुगोलका रुपमा अलिकति टाढाको छिमेकी राष्ट्र बंगलादेशसँग सहयोग माग्न सम्वाद गरेको हो । टेलिफोन सम्वाद फलदायी भएको र बंगलादेश नेपाललाई ५० मेट्रिक टन युरिया पैंचो दिन सहमत भएको बंगलादेशका प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन् । नेपालको तर्फबाट युरिया मल माग्ने प्रमुख कार्य भएपनि अन्य थ्रुपै विषयमा छलफल भएको छ ।

टेलिफोन सम्वादमा विशेष गरी रेल्वेमार्गका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने योजनाअनुरुप चीनबाट काठमाडौं, भारतको रोहनपुर हुँदै बंगलादेशसम्म रेल पु¥याउने योजना रहेको छ । सोही योजनाअनुरुप बंगलादेशसँग रेल्वेमार्ग जोड्नका लागि उहाले रोहनपुरबाट भारतको सिंगवादसम्म पुग्ने नयाँ रुट दिएकोमा प्रधानमन्त्री हसिनाप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।

टेलिफोन सम्वादमा विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेशी समकक्षी, त्यहाँको सरकार र बङ्गलादेशका जनतालाई बधाईसमेत दिनुभयो । कोभिड–१९ महामारीविरुद्ध आफ्ना सरकारले गरेको प्रयासका अनुभव साटासाट गर्दै यो खतरा रोक्न सहयोग गर्ने विषयमा पनि दुई देशबीच सहमति भएको छ । सो क्रममा बङ्गलादेशले अपनाएको कदमको सराहना गर्दै कठिन घडीमा नेपाललाई औषधिसहित मेडिकल सामग्री सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यस्तै नेपालमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनको स्मरण दुवै प्रधानमन्त्रीले गर्नुभयो । त्यस्तै बङ्गलादेशका राष्ट्रपतिको भ्रमणपछि सम्बन्ध अझ प्रगाढ बनाउन, प्रवद्र्धन गर्न र सुखद बनाउन उच्च स्तरीय भ्रमणलाई महìव दिएको धारणा दुवै प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।