काठमाडौं, भदौ १७
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक युवतिसहित दुुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचार गराईरहेकी तनहुँकी एक २० वर्षीय युवति र काठमाडौंका ७५ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले दिएको जानकारी अनुसार काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी सुगर र प्रेसरको बिरामी रहेका रहेका थिए । यस्तै युवतिमा भने ‘एसएलई’ बाथ रोग र मृगौला पीडित थिइन् । उनीलाई कोरोना पुष्टि भने मंगलबारमात्रै भएको थियो ।
प्रतिक्रिया दिनुहोस्