चितवन,भदौ २१ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु













प्रतिक्रिया दिनुहोस्