जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १६:३९

कोरोनाबाट थप ६ को निधन, मृत्यु हुनेको संख्या ३१२ पुग्यो


काठमाडौं, भदौ २४

नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।