जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार ११:२४

विष सेवनबाट मृत्यु भएको ७० बर्षीया महिलामा कोरोना पोजेटिभ


काठमाडौं, भदौ २५

विष सेवन पछि उपचार कै क्रममा मृत्यु भएकी ७० बर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा बुधबार राती मृत्यु भएकी ७० बर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

काठमाडौँ हाँडीगाँउकी ती महिला महिलाले गत २२ भदौमा विष सेवन गरेपछि परिवारले हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएको थियो । आइसोलेसन वार्डमा राखेर उपचार गर्दा लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको थियो ।