काठमाडौं, भदौ ३०
नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५९ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ । आज १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १०६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ६४० जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार २५० रहेको छ ।













प्रतिक्रिया दिनुहोस्