जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १६:३०

२४ घण्टामा १२ सय ४३ जनाले जिते कोरोना : डिष्चार्ज हुनेको संख्या ७२% पुग्यो (प्रदेशगत सूचीसहित)


काठमाडौं, असोज १

नेपालमा पछिल्लो २४ घण्टामा १२४३ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ३ हजार ७७१, प्रदेश २ मा ११ हजार ७१७, बागमति प्रदेशमा ९ हजार ४११, गण्डकी प्रदेशमा २ हजार ४६६, प्रदेश ५ मा ६ हजार ८७१, कर्णाली प्रदेशमा २ हजार ६०८ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १०५ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।