जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार २१:३३

कोरोना संक्रमणमा स्वयम्भू देखियो काठमाडौंको हटस्पट, अन्य क्षेत्रको यस्तो छ अवस्था


काठमाडौं, असोज १

काठमाडौं उपत्यकाको जनजिवन खुकुलो बनाईरहदा स्वयम्भु भने हटस्पटका रुपमा देखापर्ने अवस्था तथ्यांकले देखाएको छ । केहि दिनयता स्वयम्भू क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेको देखिएको छ ।

काठमाडौंको महानगरको वडानम्बर १५ मा पर्ने स्वयम्भूमा मंगलबारसम्मको तथ्यांकअनुसार ५ सय ६४ संक्रमित भेटिइसकेका छन । पछिल्लो दुई दिनको तथ्यांक संकलन गर्ने कार्य चलिरहेकाले यो संख्या अझै बढ्न सक्ने महानगरका कोभिड–१९ फोकल पर्सन ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

स्वयम्भू क्षेत्रमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । शुरुमा ३५ जनामा देखिएको कोरोनाले विस्तारै विस्तारै भयावह अवस्था देखिन थालेको हो । सो क्षेत्रका नागरिकमा सचेतनाको कमि र स्वास्थ्य सुरक्षामा लापरवाही गरेका कारण पनि संक्रमण बढेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

महानगरले दिएको मंगलबारसम्मको विवरणमा यस्तो अवस्था