काठमाडौं, असोज २ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकाका विभिन्न स्थानका आठ ओटा पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्वसमेत संकलन भएको छ ।
विभागका निर्देशक एवं सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई बिहीवार कारबाही गरिएको जानकारी दिनुभयो । बजारमा पछिल्लो समय प्याजको मूूल्यमा वृद्धि भएको छ । विभागले व्यवसायीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । बिहीवार मात्र ६ वटा आलु र प्याज व्यापारीलाई कारबाही गरिएको छ ।
आचार्यका अनुसार काठमाडौं महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५/५५ हजार जरिवाना गरिएको छ । यसैगरी काठमाडौं महानगरपालिका १३ मा रहेको रञ्जन आलु प्याज भण्डार, महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर दुई लाख ५० हजार रुपैयाँ, न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई दुई लाख ५५ हजार रुपैयाँ र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रालिलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्