जनता टाइम्स

३ आश्विन २०७७, शनिबार १५:५५

बिवाद बढेपछि सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु


सर्लाही, असोज ३ । सर्लाही सदरमुकाम मलङ्गवामा आज दिउँसो १ः३० बजेदेखि कर्फ्यु लगाइएको छ । विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका थिए ।

सोही विषयलाई लिएर आज फेरि बिहानैबाट दुई समुदाय ठाउँ–ठाउँमा जम्मा भएर विवाद गर्न खोजेकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिवाद बढन नदिन आज दिउँसो १ः३० बजेदेखि आइतवार बिहान ८ बजेसम्मका लागि मलङ्गवा बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जानकारी दिनुभयो ।

कफ्र्यु जारी भएसँगै प्रहरीले अहिले मलङ्गवा बजारक्षेत्रमा बजार बन्द गराएको छ भने स्थानीयलाई घरमै बस्न माइकिङ भइरहेको छ । विवाद मिलाउन आज बिहानैदेखि दुवै पक्षका मानिस राखेर जिल्ला प्रहरी कार्यालय मलङ्गवामा छलफल चलिरहे पनि हिजो झडप भएको ठाउँ र नगरका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा मानिसह जम्मा भएर वादविवाद गर्न खोजेकाले कफ्र्यु लगाइएको हो ।