काठमाडौं, असोज ४
निक्कै महत्वका साथ हेरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । तत्कालिन माओवादी पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा विहान ११ बजे पछाडी सचिवालय बैठक सुरू भएको हो ।
सचिवालय बैठकमा स्थायी कमिटीबाट पारित भएका एजेण्डाका विषयमा निर्णय लिने बताइएको छ । संघीय र प्रदेशका मन्त्रिपरिषद् पुनगर्ठन, सरकारका कामकारवाही, पार्टी एकताका बाँकी काम पुरा गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्