काठमाडौं, असोज ६ । साझा यातायातले भोलि बुधवारबाट लामो दुरीका गाडी चलाउने भएको छ । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि साझा यातायातले लामो दुरीका गाडी संचालन गर्न लागेको हो ।
साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार दुई रुटमा बुधवारबाट साझाका गाडी चल्नेछन । ‘सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउँदै छौ,’ पाण्डेले भन्नुभयो । उहाँले बुधवार साझ ७ बजे बाग्लुङ र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने छ ।
साझा यातायातले दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन गरिने जनाएको छ । यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्ने पाण्डेले बताउनु भयो । गाडीको भाडा नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत अधिक हुने साझा यातायातको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्