जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १६:२०

९४ सय ४९ जनाको पिसिआर परीक्षणमा ११ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, ६७८०६ पुग्यो कुल संख्या


काठमाडौं, असोज ७

नेपालमा पछिल्लो २४ घण्टामा ११७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४४९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११७४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ११७४ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ६७ हजार ८०६ जना पुगेको छ । आज १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १८९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ९ हजार १८६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार १०४ रहेको छ ।