जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १९:२५

यातायातमन्त्रीलाई १३ विद्यार्थी संगठनको अल्टिमेटम


काठमाडौं, असोज ७ । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूसहित १३ ओटा बिद्यार्थी संगठनले बृद्धि गरिएको शुल्क फिर्ता लिन अल्टिमेटम दिएको छ ।

सार्वजनिक सवारी व्यवस्थापन सम्बन्धि सरकारी निर्णय अव्यावहारिक र विभेदकारी भएको भन्दै अनेरास्ववियूसहित १३ विद्यार्थी संगठनले तत्काल निर्णय सच्याउन अल्टिमेटम दिएका हुन । का छन् । सरकारले हवाइजहाजमा पूरा क्षमता यात्रु बोक्न दिने र बसमा आधा यात्रु राख्ने निर्णय विभेदकारी भएको विद्यार्थी संगठनको भनाई छ । सरकारले सवारी साधनको भाडा ५० प्रतिशत वृद्धि गरेकोमा तत्काल खारेज गर्न सात दिने अल्टिमेटम दिएका हुन् ।

संयूक्त बिध्यार्थी संगठनका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटी ज्ञापनपत्र बुझाएको सत्तारुढ अनेरास्ववियूकी नेत्रृ सुनिता बरालले जनताटाइम्सलाई जानकारी दिनुभयो । विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने र साविक रहेको विद्यार्थी सहुलियत नदिइएको घटना आएको भन्दै सहुलियत यथावत राख्न विद्यार्थी संगठनको माग छ ।

यसरी ज्ञापनपत्र बुझाउनेमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनीयन लगायत रहेका छन ।