काठमाडौं, असोज ८
नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त हुनुभएको छ । भदौ २३ गते कोरोना संक्रमण हुनुभएको कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उहाँका स्वकीय भरत तिवारीले जानकारी दिनुभयो । कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने पनि उहाँले सुनाउनुभयो ।
भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा डा. कोइराला चार दिन बस्नुभएको हो । ‘डा कोइरालाको स्वास्थ्य अवस्था अहिले राम्रो छ, कोरोना रिपोर्ट नेगेटिभ आयो,’ तिवारीले भन्नुभयो, ‘अब उहाँ एकहप्ता घरमै आइसोलेसनमा बस्नुहुनेछ।’
यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।













प्रतिक्रिया दिनुहोस्