दार्चुला, असोज ९
दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला पर्नुभएको छ । उहाँको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थियो। हुती जाने क्रममा उहाँ होटलमा बास बस्नुभएको थियो । उहाँ बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । तर डाक्टरहरुले उहाँलाई मृत घोषणा गरेका थिए । सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्