काठमाडौं, असोज ९ । महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोबिद पन्थीलाई संखरापुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ । साँखु प्रभागको नेतृत्व गरी हालै सरुवा हुनुभएका पन्थीलाई नरगपालिकाले आज एक कार्यक्रम आयोजना गरी पुरस्कृत गरेको हो । कार्यक्रममा नगरप्रमुख सुवर्ण श्रेष्ठले प्रसांशा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
इन्सपेक्टर पन्थीले आफ्नो जिम्मेवारी क्षेत्रमा इमान्दारिताका साथ भूमिका निर्वाह गर्दै शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेखनीय काम गरेकोले सम्मानित गरेको बताउनु भयो । इन्सपेक्टर पन्थी साँखु आएपछि १४ महिनाको अबधीमा शान्ति सुरक्षामा उत्कृष्ट काम भएको र जनता निकै खुसी भएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । पन्थीले कार्यभार सम्हालेपछि कुनै चोरीका घटना नघटेको र घटित घटनामा समेत तत्कालै कानुनी दायरामा ल्याउन सफल भएकोले सम्मान गरिउको नगरपालिकाले जनाएको छ ।
यसरी जनताको मुल्यांकणअनुसार स्थानीय सरकारबाट उपत्यकाभित्र नगदसहित प्रसंसापत्र प्राप्त गर्ने इन्सपेक्टर पन्थी नै पहिलो अधिकृत हुनुहुन्छ । उपत्यका भित्रका कतिपय बृत्त र प्रभाग प्रमुख आर्थिक अनियमिततामा मुछिरहेको बेला साखुका प्रमुख पन्थी भने जनस्तरबाटै प्रसंसा पाई प्रहरीको शाख जोगाउन सफल हुनुभएको हो । पन्थी केही दिनअघि मात्रै प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरोमा सरुवा हुनुभएको छ । सरुवा भएपछि नगरपालिकाले उहाँलाई सम्मानसहित बिदाई गरेको हो ।
प्रतिक्रिया दिनुहोस्