जनता टाइम्स

११ आश्विन २०७७, आईतवार ०९:४६

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, यस्तो छ एजेण्डा


काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक नियमित भएको बताउनु भयो । समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।

मन्त्रिपरिषद हेरफेर हुन लागेको बेला प्रधानमन्त्री ओलीले बैठकमै मन्त्रीहरुसँग सुझाव लिने र आवश्यक नियुक्तिको बिषयमा छलफल गर्न बैठक बोलाइएको अनुमान छ । केही दिनयता नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनकोबिषयमा छनफल भइरहेको छ भने प्रधानमन्त्री ओलीले हेरफेरको अन्तिम गृहकार्य गरिरहनुभएको छ ।