जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १६:२२

१०१२३ जनाको पिसिआर परीक्षण गर्दा १५७३ जनामा कोरोना संक्रमण, १९ हजार १९ जना सक्रिय संक्रमित


काठमाडौं, असोज ११

पछिल्लो २४ घण्टामा देशभर १५७३ जनामा कोरोना संक्रमण पष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १५७३ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७३ हजार ३९४ जना पुगेको छ । आज १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५३ हजार ८९८ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १० हजार ६९८ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार २८१ रहेको छ ।