काठमाडौं, असोज १३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशन नजिकिँदै गईरहेका बेला विभिन्न समुहको दवावमा परिरहनु भएको छ । पार्टीभित्र गरेका निर्णय, कार्यशैली लगायतका विषयमा सवाल उठाईरहेका बेला देउवालाई आफ्नै पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले पनि प्रश्न उठाउनु भएको छ ।
नेपाल महिला संघले गरेको भर्चुअल अन्तक्र्रियामा आरजुले देउबालाई महिलालाई कहिलेसम्म भोटरमात्र बनाएर राख्ने भनेर प्रश्न गर्नुभएको हो । ‘यति धेरै पदाधिकारी मध्ये सहमहामन्त्रीमा मात्रै महिलारु हामी सधैं भोटर मात्रै भएर बस्ने होरु,’ उनको प्रश्न छ, ‘सहमहामन्त्रीमा महिलालाई सीमित गरिनु हुन्न । सभापतिमा भिड्न सक्ने महिला कम होलान् तर अरू पदमा त भिड्न सक्ने छन् नि ! म त कुनै पदमा उठ्नेवाला छैन ।’
महिला प्रतिनिधिको प्रश्न सुनेपछि सभापति देउबाले महिलालाई अगाडी ल्याउन आफुहरु तयार रहेको बताउनु भयो । उहाले पार्टीमा रहेको ३३ प्रतिशतको आरक्षणलाई बढाएर ४० प्रतिशत पु¥याउन आफु तयार रहेपनि भोट लिएर आउनुपर्ने जिकिर गर्नुभयो । उहाले हार्नकै लागि मात्र टिकट दिन नसकिने भन्दै भोट लिएर आउन भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्