जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार १६:२८

नेपालमा ५५ हजार ३७१ जनाले जिते कोरोनासँगको लडाईं : यस्तो छ सातै प्रदेशमा कोरोना जित्नेको सूची


काठमाडौं, असोज १३

पछिल्लो २४ घण्टामा ७३१ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत ७३१ जनाले कोरोना जितेर घर फर्किएका हुन । पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५०७०, प्रदेश २ मा १३५६३, बागमति प्रदेशमा १५३११, गण्डकी प्रदेशमा ३२९३, प्रदेश ५ मा ८५७१, कर्णाली प्रदेशमा २८६५ र सुदुरपश्चिम प्रदेशमा ६६९८ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७२.६ प्रतिशत हो ।