यसिमा महत/काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवै मन्त्रीहरुलाई फिर्ता गरेर नयाँ टीम लैजान प्रस्ताव गरेको खुलासा गर्नुभएको छ ।
मन्त्रिपरिषद पुनर्गठनको बिषयमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका क्रममा आफूले सो प्रस्ताव गरेको खुलासा अध्यक्ष प्रचण्डले गर्नुभएको हो । अध्यक्षद्वय ओली र प्रचण्डबीच पुनर्गठनको बिषयमा सहमति हुन नसकेको समाचार सार्वजनिक भएपछि बुझ्न आइपुगेको नेकपाका नेताहरुसँगको छलफलमा प्रचण्डले आफूहरुबीच बिभिन्न बिकल्पमा छलफल भएको र आफूले सवै मन्त्री फिर्ता गरेर नयाँ टीम पठाउनु पर्ने धारणा राखेको जानकारी दिनुभयो ।
मैले सबैलाई फिर्ता गरेर आवश्यकलाई फेरि लैजानुपर्छ भनेको छु । तर प्रधानमन्त्रीजीले मान्नुभएको छैन
आफूहरुबीच पार्टीका कुनैपनि वा मन्त्रीलाई मानमर्दन हुने गरी कुराकानी नभएको र बिभिन्न बिकल्पमा छलफल गरिएको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘बिभिन्न बिकल्पमा छलफल चलिरहेको छ, मैले सबैलाई फिर्ता गरेर आवश्यकलाई फेरि लैजानुपर्छ भनेको छु । तर प्रधानमन्त्रीजीले मान्नुभएको छैन,’ अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै भेटमा सहभागी एक नेताले जनताटाइम्ससँग भने ।
ती नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले पूर्वपार्टीकै नेताका रुपमा मन्त्री बनाउने बिषयमा अडान राख्ने काम आफूहरु दुवै अध्यक्षबाट नभएको तर प्रचार चाँहि त्यस्तो भइरहेको प्रष्ट पार्नुभएको छ । ‘प्रधानमन्त्रीले सवै टीम नयाँ बनाउने कुरा मान्नुभएको छैन, उहाँले ६ जनासम्म थपौँ भन्ने कुरा गर्नु भएको छ,’ ती नेताका अनुसार प्रचण्डको भनाई थियो, ‘छलफल यसमै केन्द्रित भएको छ । यहाँभन्दा प्रगति भएको छैन ।’













प्रतिक्रिया दिनुहोस्