काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि पछिल्लो समय निकै चुलिएको छ । यही बहश चलिरहँदा प्याजको फाइदाबारे हामीले आम पाठकलाई जानकारी गराउने जमर्काे गरेका छौं ।
बिभिन्न अनुसन्धानबाट देखिएको परिणामअनुसार काँचो प्याज सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्याल्सियम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ । काँचो प्याजको सेवले यी रोगहरु निको हुन्छ । प्याजमा भएका पोषक तत्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन । काँचो प्याज सेवन गर्दा यी रोग निको हुन्छ । एकपटक आफै परीक्षण गरेर हेर्नाेस ।
रक्तचाप
प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाँदा उच्च रक्तचापबाट छुटकारा पाउन सकिन्छ ।
कब्जियत
प्याजमा भएका रेशाहरू पेटको रोगका लागि निकै लाभदायक हुन्छन । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ । जस्को कारण पाचनतन्त्रले सुचारु रूपमा काम पनि गर्छ ।
पत्थरी
बिहानै खाली पेट दुई चम्चा प्याजको रस सेवन गरेमा यो पत्थरीको समस्या समाधान हुनछ । बिभिन्न अध्ययन तथा परीक्षणअनुसार दैनिक दुई चम्चा प्याजको रस सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।
मधुमेह
काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको हुन्छ ।
घाँटी खसखसाउने
रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई पनि काँचो प्याज निकै लाभदायक छ । यो समस्या हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुपर्छ ।
रक्तअल्पता
दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन ।













प्रतिक्रिया दिनुहोस्