जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १३:२३

बीमा समितिका अध्यक्ष चापागाईविरुद्ध अख्तियारमा उजुरी : २ अर्ब बढी घोटला गरेको किटानी


काठमाडौं, असोज २०

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंविरुद्ध २ अर्वभन्दा बढी आर्थिक घोटाला गरेको अख्तियारमा उजुरी परेको छ । अध्यक्ष चापागाँईमाथि विभिन्न ९ वटा शीर्षकमा आर्थिक अनियमितता गरेको उजुरीसहित अख्तियारमा उजुरी परेको हो ।

चापागाँईमाथि कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको, सम्पत्तिको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी बिभाग सरुवा गरेको, विज्ञापनमा पक्षपात गरेको जस्ता उजुरी परेका अख्तियार स्रोतको दावी छ ।

२०७३ सालमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा भएका बेला जीवन बीमा, निर्जीबन बीमा कम्पनी दर्ता गर्दा चापागार्ई एकजना विचौलिया व्यापारी मार्फत झण्डै २ अर्वभन्दा बढी आर्थिक अपचलनमा संलग्न भएका हुन् । बागलुङको अमलाचौरका चापागाईं त्यहाँकै एक व्यवसायीको निर्देशनमा वीमा समितिको अध्यक्ष हुन सफल हुनुभएको थियो ।

त्यतिबेला १० वा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीलाई अनुमति दिने नाममा झण्डै ५० करोड भन्दा बढी रकम असुलेको बताइएको छ । विचौलिया व्यवसायीले शक्तिकेन्द्र र मन्त्री महरालाई ३ करोडभित्रको रकम दिलाएर बाँकी तिनै विचौलिया व्यवसायीले कुम्ल्याएको आम रुपमा धौलागिरिबासी र ती १३ कम्पनीहरुभित्र लुकेको छैन ।

चापागाईंले ति विचौलिया व्यवसायीको खुवी देखेपछि कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, जिल्ला भ्रमण गर्दा, कोरोना बीमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने÷गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको अख्तियारको उजुरीमा उल्लेख छ ।

अध्यक्ष चापागाईले संस्थागत सुशासन कायम गर्नुपर्नेमा उनले आफू नियुक्ति भए लगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी राम्रै कमिशन लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागाईले १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रमोटर सेयरलाई ११५ रुपैयाँका दरले पैसा उठाएको उल्लेख गरिएको छ ।

त्यसरी प्रति शेयर होल्डर र कम्पनीका हिसाबले झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ । १० वटा जीवन बीमा कम्पनीलाई इजाजत दिंदा, कम्पनी दर्ता गर्दा प्रतिसेयर १०० रुपैयाँ प्रमोटर सेयर हुनुपर्नेमा ११० देखि १२० रुपैयाँसम्म उठाएको र ३ वटा निर्जीबन बीमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रमोटर सेयर १०० रुपैयाँ हुनुपर्नेमा ११० देखि ११५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी मनग्य अवैध सम्पति आर्जन गरेको अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख छ ।

सामान्य परिवारका चापागाईंको आजकलको फूर्ति र केही पूर्व माओवादी नेताहरुको आडभारोसा र मुख्यतः धौलागिरिकै व्यवसायिक विचौलिया घरानाको निर्देशनमा काम गर्दै आउनुभएको छ । विषयगत क्षमता र नेतृत्व कुशलता भन्दा पनि उहाँको विशेषता चाकडी मुख्य मापदण्ड हो । त्यसमाथि फुर्सदमिल्यो कि मनोरञ्जनको नाममा जतिबेला पनि तासको खालमा बस्नु उहाँको मुख्य लत हो ।

सामान्यतया हेर्दा हाकिमको जस्तो हैसियत पनि प्रदर्शन गर्न नसक्ने चापागाईं विचौलिया व्यवसायिक घरानाको कठपुतली भएका छन् । स्रोतका अनुसार समितिबाट अवकाश पाएपछि त्यही व्यवसायिक घरानाका जागिरको समेत ग्यारेन्टी गरेका कारण पूर्व एमालेपक्षधर तथा सरकारलाई अप्ठेरो पार्ने काममा समेत कुनै कसर बाँकी राख्नुभएको छैन ।

उहाँको पारिवारिक पृष्ठभूमि वामपन्थी भएपनि अधिकांश कांग्रेसीहरुसंगको संगत र निर्देशन नै मुख्य आधार हो । महरा, जनार्दन शर्मा धौलागिरिकै बैंकिंग लगायतका कारोवारका महारथी कहलाउने उस्तै स्वभावका विचौलिया व्यवसायीको निर्देशन चापागाई जे गर्न पनि तयार हुन्छन् ।