जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १६:२३

काठमाडौं उपत्यकामा १६८४ जनामा संक्रमण, देशभर थपिए ३४३९ संक्रमित


काठमाडौं, असोज २१

पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३४३९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १६८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा ११ लाख १३ हजार ४८५ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २५३ जना पुगेको छ । आज २५ हजार ७ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ११२६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६८ हजार ६६८ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६१३०, प्रदेश २ मा १४८५१, बागमति प्रदेशमा २३१०६, गण्डकी देशमा ३९२५, लुम्बिनि प्रदेशमा १००४२, कर्णाली प्रदेशमा ३३१७ र सुदुरपश्चिम प्रदेशमा ७२९७ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ ।

मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७४.९ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १४ हजार ४११ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार १६४ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ र सोलुखुम्बु संक्रमण शून्यमा झरेको छ।