काठमाडौं, असोज २७
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत भएका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका निजी सचिव नीरज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा रहेको पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।
मन्त्री गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई थप उपचारको लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताउनुभयो । मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा. प्रवीणविक्रम थापा, डा. धीरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठ खट्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्