काठमाडौं, कात्तिक १
नेपाली सेनाले कोरोना कहरकै बिचमा पृतनापतिको बैठक बोलाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबारबाट पृतनापति समन्वयात्मक बैठक बोलाएको जानकारी दिएको छ ।
भदौ महीनामै यो बैठक आयोजना गर्ने तयारी भए पनि कोरोनाभाइरस संक्रमणको महामारीका कारण स्थगन भएको र अहिले बोलाइएको सैनिक मुख्यालय (जंगी अड्डा)ले जनाएको छ । पृतनापति समन्वयात्मक बैठकलाई सेनामा कुनै पनि नीति निर्माण वा निर्णय गर्नुअघिको छलफल गर्ने महत्वपूर्ण थलोको रुपमा मानिन्छ । सेनाले यसपटक केही महत्वपूर्ण निर्णयहरु गर्ने बताइएको छ ।
यसपटकको बैठकमा काठमाडौं बाहिरका पृतनापतिहरू भर्चुअल रूपमा सहभागी हुने, जंगी अड्डाभित्र सहभागी हुने सैन्य अधिकारीहरूले भने स्वास्थ्य मापदण्ड पालना गर्ने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्