जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १६:०८

पूर्वमन्त्री तथा सांसद बाँस्कोटा दम्पतिलाई कोरोना संक्रमण


काठमाडौं, कात्तिक ६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँस्कोटाले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको हो । उहाँसँगै श्रीमती तारा मानन्धर पनि कोरोना पोजेटिभ भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी जानकारी दिनुभएको हो ।

उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘मलाई पनि पोजेटिभ देखियो । र राम्रो के भने बितेको दश दिन यता मैले कसैलाई भेटेको छैन । मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो । सुरक्षीत रहौ ।’

https://twitter.com/GokulPBaskota?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319205700002697218%7Ctwgr%5Eshare_3%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Fpostkhabar.com%2Farchives%2F18753