जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १६:२७

गत २४ घण्टामा १७ को मृत्यु, हालसम्म ८२९ जनाको गयो ज्यान


काठमाडौं, कात्तिक ७

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १७ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२९ पुगेको छ । अहिले देशभर आइसीयूमा २९० र भेन्टीलेटरमा ६९ जना उपचाररत छन् ।