जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १८:०८

दशैंमा आयो सुखद समाचार : कोरोना संक्रमित भन्दा निको हुनेको संख्या ह्वात्तै बढ्यो (सूचीसहित)


काठमाडौं, कात्तिक ८ । नेपालीहरुको महान चाड बडादशैं मनाइ रहँदा कोरोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार केही साताको रेकर्ड ब्रेक गर्दै शनिवार संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेको हो । शनिवार २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

शनिवार २२ सय २५ जना संक्रमित बन्दा २ हजार ८ सय ४६ जना कोरोनासँगको लडाईं जितेर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ । यो कुल संक्रमित संख्याको ६९.८ प्रतिशत हो । केही सातायता संक्रमितको संख्या उल्लेख्य बृद्धि हुँदा निको हुने दर निकै कम रहेको थियो ।

हेर्नाेस सूची