काठमाडौं, कात्तिक १३ । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण देखिएको छ ।
आफू र पत्नी निकितालाई कोरोना संक्रमण पुष्टि भएको लामिछानेलेसामाजिक संजालमार्फत जानकारी दिनुभएको छ । लामिछानेले मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना पोजेटिभ देखिएको फेसबुकमार्फत जानकारी दिनुभएको हो ।
‘गत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ,’ लामिछानेले भन्नुभएको छ, ‘घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’
प्रतिक्रिया दिनुहोस्