जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार १६:१७

२४ घण्टामा ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा ३५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा २१ सय ५६ महिला र १३ सय ६१ पुरुष गरी ३७ सय १७ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको आरटी पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । यस अवधीमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।