जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार १४:३१

तोडियो संवादहीनता, बालुवाटार पुगे प्रचण्ड


काठमाडौं, कात्तिक १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दसैं सहिएलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याएपछि समाधानका लागि भएको सहमतिबिपरित चलेपछि दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन । शुक्रवार टेलिफोन संवाद गर्नुुभएका अध्यक्षद्वय ओली-प्रचण्डबीच आज छलफल भएसँगै डेढ साता लामो संवादहीनता तोडिएको छ ।

ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो । त्यसयता शुक्रवार टेलिफोन बार्ता भएको हो । सोही बार्ताअनुसार आज दुई अध्यक्ष छलफलमा बस्नुभएको हो ।