काठमाडौं, कात्तिक १६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्न आएका बिरामीसँग धरौटी नलिन सूचिकृत सबै अस्पतालहरुलाई निर्देशन दिइएको जनाएको छ । उसले उपचार गर्नुअघि धरौटी राख्नका लागि सूचना निकाल्ने सबै अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको समेत दावी गरेको छ । यसअघि अस्पतालहरुले निकालेको सूचना देखेपछि आम सर्वसाधारणले सामाजिक सञ्जालमा यस निर्णयको चर्को आलोचना गरेका थिए ।
पछिल्लो समय निजामति कर्मचारी अस्पताल, शहीद शुक्रराज अस्पताल टेकु, धुलिखेल अस्पताल सहित विभिन्न सरकारी निजी तथा सामुदायिक अस्पतालले धरौटी राख्नुपर्ने रकम सहितको सूचना निकालेका थिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि बिरामीसँग धरौटी नलिईकन कोरोनाको उपचार गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले उपचार खर्च व्यहोर्न सक्नेसँग लिन र नसक्नेसँग नलिन समेत अस्पतालहरुलाई निर्देशन दिइएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्