प्रचण्ड-माधव मिलेर जाने कुरा भयो भन्ने जस्ता गफ घाममा सुकाउनुस ढकालजी । आजसम्म तपाइहरुका बिश्लेषण सबै हावा खाएका छन । बिश्लेषणको नाममा जति खोकेर कहानी लेखेपनि तथ्य अर्कैतिर छ । समयले त्यो पुष्टी गर्छ । केही दिनमै लज्जित हुनुपर्ने तपाइहरु जस्तै उपबुज्रुक नै हो
गुरु भट्टराई
“टाउको दुखेको औषघि नाइटोमा दल्नु ” भन्ने एउटा उखान छ । समस्याको पहिचान गर्ने कुनै चेत छैन, अर्ति दिनेहरुको ताँती छ मुलुकमा ।
सन्दर्भ हो, ढुकुवा पत्रकार अमित ढकालको सेतोपाटी लेख । मैले किन ढुकुवा भनेको भने यी पत्रकार सितिमीति कलम चलाउँदैनन । यिनले कलम चलाउने बिषय प्रायः नेकपा वा प्रधानमन्त्री केपी शर्मा ओली खुइल्याउने तरंग यदाकदा देखिएपछि मात्रै हो । त्यसो त यस्तै अर्का पनि छन अरुण बराल अनलाइन खबरमा ।
घनश्याम भुषाल मन्त्री नहुँदा के के बोल्नु भो, त्यही अष्त्र अहिले प्रयोग गरेर उनै मन्त्रीसमेत अहिले सहमत नभएका बिषयमा खिसिट्युरी गर्दैछन ढकालजी । आज मन्त्री भुषालज्यू के भन्दै हुनुहुन्छ ? उहाको डेलिभरी के छ ? प्रिय ढकालजी ! सरकारको डेलिभरी सरकारसंग चिन्तन र दृष्टिकोण नभएर हैन, हाम्रो कर्मचारी संरचना हिजो जस्तो थियो, आज उस्तै रहेकाले हो । २५ जना मन्त्रीले कर्मचारीको पुच्छर निमोठेर डेलिभरी आउँदैन, प्रणाली सुधार्नु जरुरी छ । कर्मचारी संरचना, जेलिएका कानुन, भ्रष्टिकरण भएको सम्पुर्ण नागरिकको चेत फेरिनु पर्छ । यो न त बहुमतको सरकारको कुरा हो, न अल्पमतको कुरा हो न त दुइतिहाइ वा शतप्रतिशतको सरकारको बिषय हो ।
९-९ महिनामा फेरिने सरकारको दुर्दशा फरक कुरा हो, राज्यले दिने डेलिभरीसंग गासिएको बिषय अर्को कुरा हो । राजनीतिक नेतृत्वले नीति, निर्देश र बजेट ब्यबस्था गर्ने हो, राज्यका निकायले कार्यान्वयन गर्ने हो । जति बलियो मान्छे भएपनि भुत्ते खुकुरी धार नलगाइ रुख काट्दैन । सदियौं देखिका बिग्रिएका कानुन, कार्य पद्धति, शैली फेर्न थुप्रै काम अघि बढेका छन, केवल २-३ बर्षको समय पर्याप्त हुँदैन । त्यसै भएर आजै राम राज्य नदेखिएको हो । त्यसैले टाउको दुखेको छ, नाइटोमा तेल किन दलेन नेकपाले भनेर गफ चुट्नुको औचित्य छैन । स्थीर सरकारबिना सुशासन र बिकास हुने कुरा गलत हैन, यसले मात्रै चै हुँदैन भन्ने हो ढकालजी । सदियौं देखिको फोहोर सफा गर्ने र मुलुकलाई बिधि र पद्धतिमा हिडाउन थुप्रै काम गर्नुपर्ने थियो र अझै थुप्रै बाँकी छ, यो १-२ बर्षमा सकिने कुरा हैन । यति बुझ्न बिद्वानको मथिङगल चाहिदैन ।
अर्को कुरा पार्टी बिधि र पद्धतिमा हिडेन भनेको के हो ? सरकार बनेदेखि निजी स्वार्थका लागि प्रमलार्इ बालुवाटारबाट फुर्सदै नदिने । दिनै गनगन गर्न पुग्ने अनि बिधि र पद्धतिको राप अलाप्ने ? बिबादको पछिल्लो चरणमा एक जना अध्यक्ष पुर्णरुपमा पार्टी संचालनमा केन्द्रित हुने, अर्का अध्यक्ष पुर्णरुपमा सरकार संचालनमा केन्द्रित हुने भन्ने निर्णय भएको हैन ? त्यसो हो भने पार्टी संचालन गर्न छोडेर सरकारका दैनिकि र नियुक्तिमा खोंचे थाप्न आउने को हो ? आफ्नी बुहारी किन मन्त्री पदमा सधै टासिनु पर्ने, अरु चै फेरिनु पर्ने ? यो कुन पार्टी पद्धति अन्तरगत पर्छ महोदय ?
सुदुरपश्चिम प्रदेश सरकारमा देखिएको समस्या दुबै अध्यक्ष मिलेर समाधान गरेको हो । फेरी अर्काे प्रदेशमा एक अध्यक्ष किन पत्रचार गर्दै हिड्छन ? राजदुत नियुक्ति सहमतिमै गरेको हो, बाहिर आएपछि आपत्ति रहेको हल्ला किन पिटिन्छ ? रअ प्रमुख किन आए र के कुरा भयो भन्ने जानकारी खोज्ने कि बजारमा चलेका हावाका प्रश्नहरु टिपेर रअ प्रमुखलाइ किन भेट दिएको भन्ने ? अन्तराष्ट्रिय जहाज बन्द भएका बेला जहाज चढेर आएका मान्छे लुसुक्क र अनुमति नलिइ आएको भनेर ढोल पिट्ने मुर्खहरुसंगै लाग्ने कि सत्य र तथ्यको खोजी गर्ने ? मन्त्रीमन्डलमा ओलीको दुइ तिहाइ भनेको के हो ? लोकतान्त्रिक भाषा हो यो ? पूर्वमाओबादिबाट नियुक्त भएकै केही मन्त्रीहरु खरो रुपमा प्रम ओलीलाई साथ दिइरहेका छन । कहाँ खोज्ने बहुमत र दुइतिहाइ ? मन्त्रिमण्डल जति तिहाइ भएपनि प्रमको मात्र निर्णय र स्वीकृति चल्छ, मुलुकको संबिधान कानुनले त्यही भन्छ । एति तिहाइ र उति तिहाइका गफ के का लागि ?
बैठक बोलाउ भन्ने, एजेन्डा थाहा नहुने बैठक किन बोलाउने ? एजेन्डाबिना बैठक बस्छ र ढकाल महोदय ? त्यसैले आफुले पाएको जिम्मेबारीमा सिन्को नभाच्ने र प्रमको अधिकार र शक्ति बाँडौ भनेर रातोदिन बालुवाटारमा नारिन पुग्नेहरुलाई आफ्नो बाटो लाग नभनेर के भन्ने ? पार्टी पद्धतिको नाममा आफू तमाशा गर्दै हिड्ने, अनि मुलुकको कार्यकारीलाई रातोदिन ङ्यारङ्यार गर्नेलाई कुचोले खेद्नै पर्थ्यो, बल्ल ठिक परेको छ । आफ्नै पासो कस्छन कसैले भने त्यसको कुनै औषधि हुँदैन । प्रचण्ड-माधव मिलेर जाने कुरा भयो भन्ने जस्ता गफ घाममा सुकाउनुस ढकालजी । आजसम्म तपाइहरुका बिश्लेषण सबै हावा खाएका छन । बिश्लेषणको नाममा जति खोकेर कहानी लेखेपनि तथ्य अर्कैतिर छ । समयले त्यो पुष्टी गर्छ । केही दिनमै लज्जित हुनुपर्ने तपाइहरु जस्तै उपबुज्रुक नै हो ।
प्रतिक्रिया दिनुहोस्