जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार ११:१०

नेपालबिरुद्ध जथाभावी बोल्ने भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ, लाग्यो गम्भीर अभियोग


काठमाडौं, कात्तिक १९ । नेपालको बिरुद्ध आपत्तिजनक अफवाह फैलाउँदै आएका भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन ।

उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर गोस्वामीलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए । आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।