काठमाडौं, कात्तिक १९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही सातादेखी संकेत दिईरहेका थिए की राष्ट्रपतिय निर्वाचनको मतपरिणाम प्रतिष्पर्धात्मक भए विरोधीलाई धाँधली गरी जित छिन्ने आरोप लगाउने ।
बुधबार विहान हुँदानहुदै ट्रम्पले सोही आरोप लगाएका छन् । लाखौं भोट गणना हुन बाँकी हुदै उनले आफु विजयी भएको घोषणा समेत गरे । ‘हामी यो चुनाव जित्ने तयारी गरिरहेका थियो, अझ सिधा–सिधा भनौं हामीले चुनाव जितेका थियौं’, ट्रम्पको भनाई छ । बिना कुनै प्रमाण नदिई रिपब्लिकन पार्टीका उम्मेदवार उनले चुनावमा धाधली भएको आरोप समेत लगाए । साथै उनले बुधबार पछाडी आउने मतलाई गणना गर्न नहुने समेत दावी गरे ।
सोही थाहा पाएर डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले ट्रम्प अगावै सम्वोधन गर्दै जनताले दिएको हरेक मतको गणाना हुनुपर्ने बताए । उनले अबको राष्ट्रपतिमा को विजयी हुन्छ भनेर बाइडेन र ट्रम्पले भन्ने होइन् जनताले भन्ने हो भनेर प्रतिक्रिया दिएका थिए । वाइडेनपछि ट्रम्पले सम्वोधन गरेका थिए । ट्रम्पको भनाईलाई वाइडेन पक्षले अपमानजनक, अभूतपूर्व र गलत भनि टिप्पणी गरेको छ ।
अमेरिकाको राष्ट्रपति पदमा को निर्वाचित हुन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन । नार्थ क्यारोलिना, नेभाडा, एरिजोना, विस्कान्सिन, मिशिगन, पेन्सिलवेनिया र जाँर्जियाको नतिजामा भर पर्नेछ । ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरा बताएपछि थप अन्योल उत्पन्न भएको छ ।
नेपाली समय अनुसार बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार, पूर्व उपराष्ट्र्रपति जो वाइडेनले २३८ इलेक्टोरल मत र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ले २१८ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनकालागि कुल ५३८ मध्ये स्पष्ट २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
युद्धभूमिका रुपमा चर्चामा रहेका राज्यमध्ये मिसिगन, जर्जिया र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता रहेको छ भने नेभाडा, विस्कन्सिन र एरिजोनामा वाइडेनले अग्रता लिनुभएको छ । ट्रपले अग्रता लिनुभएको मध्ये पेन्सिलभेनियामा स्पष्ट अग्रता छ । यहाँबाट २० इलेक्टोरल मत उहाँको पक्षमाजाने लगभग निश्चित छ ।
जर्जिया र मिसिगनमा समान १६ इलेक्टोरल मत छ । एरिजोना, नेभाडा र विस्कन्सिनमा वाइडेनको झिनो अग्रता रहेको छ । यी तीन राज्यमा क्रमश, ११, ६ र १० इलेक्टोरल मत छ । यसले परिणाम कस्को पक्षमाजालाभनेर भन्न सक्ने स्थिति छैन ।
बाँकी राज्यको नतिजा कहिले ?
नतिजा आउन बाँकी रहेका राज्यहरूको अवस्था यस्तो छ :
नोभेम्बर ४ बुधवार (नेपाली समयानुसार बिहीवार बिहानसम्म) नतिजा आउने अपेक्षा गरिएका : विस्कन्सिन (१० इलेक्टरल मत), मिशिगन (१६), जोर्जा (१६) र एरिजोना (११)
नोभेम्बर ६ शुक्रवारसम्म नतिजा आउने अपेक्षा गरिएको : पेन्सल्भेनिया (२०)
नोभेम्बर १० मङ्गलवारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेका : नेभाडा (४) र अलास्का (३)
नोभेम्बर १२ बिहीवारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेको : नोर्थ क्यारलाइना (१५)
प्रतिक्रिया दिनुहोस्