काठमाडौं, कात्तिक २४
गत २४ घण्टामा देशभर २५७१ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ५७१ जनालाई कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
९६७ जना क्वारेन्टिनमा रहेका छन् । २४ घण्टामा १ हजार ७९८ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यस्तै १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १२६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्