काठमाडौं, कात्तिक २४
शेयर कारोबार मापक नेप्से परिसूचक साताको दोस्रो दिन उकालो लागेको छ । हिजो दोहोरो अंकले बढेको बजार आज भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२.८० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । आइतबारको तुलनामा नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आज बढेर करिब ३७० करोड पुगेको छ ।
१ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता सेयर दिनभर भएका ४१ हजार ४९ कारोबारबाट खरिद बिक्रि भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको सेयर सोमबार सबैभन्दा धेरै किनबेच भएको छ । त्यसैगरी दोस्रो नम्बरमा धेरै कारोबार गर्ने मध्ये नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ ।
नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये आधा रातो आधा हरियो देखिएको छन् । होटल, बैंकिङ, विकास बैंक, हाइड्रोपावर, जीवन बिमा र म्युचुअल फण्ड घटेर राताम्मे देखिएका छन् भने फाइनान्स, व्यापार, निर्जिवन बिमा कम्पनी, उत्पादनमूलक साथै माइक्रोफाइनान्स बढेर हरियो देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्