काठमाडौं, कात्तिक २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठक मंसीर ३ गते बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकले पार्टीमा उत्पन्न संकट, समस्या र त्यस्को समाधानलाई मुख्य कार्यसूची बनाएर छलफल गर्ने तय गरेको छ । यसअघि स्थायी कमिटीको निर्णय कार्यान्वयनलगायत कर्णाली घटना, कोभिड १९ र पार्टी र सरकारको सम्बन्धमा उठेको बिषयमा पनि छलफल गर्ने तय भएको छ ।

‘दुवै अध्यक्षले एक अर्कालाई लेख्नुभएको पत्रबारे छलफल भयो, ती पत्रसहित स्थायी कमिटी बैठकपछि जारी अपानि सचिवालय सदस्यहरुलाई दिइएको छ, त्यस्को अध्ययनका लागि समय चाहिएकोले मंसीर ३ गतेसम्मका लागि बैठक स्थगित भएको छ,’ श्रेष्ठले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्